उपसमितिले भुमिगत शशत्र समुहसँग वार्ता गर्दै

भदौ ८, काठमाडौँ  – संवैधानिक राजनीतक संवाद तथा सहमती समीतिले गठन गरेको उपसमितिले आजदेखि  नेपालगञ्जमा भुमिगत शसत्र समुहसँग  प्रारम्भीक वार्ता थाल्ने भएको छ ।

काँग्रेस सभासद आनन्द प्रसाद ढुगांना संयोजक रहेको वार्ता उपसमितिले २ वटा भुमिगत समुह जनतान्त्रीक मधेस तराइ मुक्ति मोर्चा भगत समुह र कम्युनिष्ट केन्द्र निर्माण समुहसँग वार्ता सुरु गर्न लागेको संसद सचिवालयका प्रवक्ता तथा  उपसमितिका सदस्य मुकुन्द शर्माले जानकारी दिए ।

वार्तामा सरकारका तर्फबाट उपसमितिका सदस्य, संविधानसभा संसद सचिवालयका प्रवक्ता  शर्मा लगायतको टोली सहभागी हुनेछ ।