संविधान विबादमा साझा धारणा बनाउन चरणबद्ध छलफल हुने

भदौ ८, काठमाडौँ –  संविधानका विबादित मुद्धालाई लिएर प्रमुख तीन दलबीच द्धिपक्षिय र त्रिपक्षिय छलफलले तीब्रता पाएको  छ । सक्ता साझेदार दल नेपाली काँगे्रस र नेकपा एमाले बिच संविधान निर्माणका थाती विवादमा साझा धारणा बनाउने सहमती हिजो भएसँगै आज पनी नेकपा माओवादी सहित शिर्ष दलले छलफललाई निरन्तरता दिने भएका छन् ।

राज्य पुन संरचना , शासकीय स्वरुप लगायतका मुद्धामा तीन दलमा सहमती कायम गर्ने गरी हिजोबाट दलहरुले सिुरु गरेको वार्ता आज बहुपक्षिय रुपमा हुने भएको  हो ।  संविधान निर्माण प्रक्रियामा सहभागी गराउन आज सरकारले नेकपा माओवादी सहित चरणबद्ध छलफल गर्दैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुने पहिलो चरणको छलफल  बिहान ९ बजेपछि बैद्य माओवादी सहित सक्तासाझेदार दल काँगे्रस एमालेबिच  हुने सरकारका प्रवक्ता एवंम संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए  ।

त्यस्तै दिउासो ३ बजे हुने दाश्रो चरणको छलफल नेकपा माओवादी सहित  ४ दल बिच हुनेछ ।  बहुपक्षिय छलफल पछि आजै साँझ तेश्रो चरणको छलफल सक्तासाझेदार काँग्रेस  एमालेबिच हुने  प्रवक्ता रिजालले बताए ।

यसअघि हिजो दुइ चरणमा भएको दुई दलिय छलफलले संविधानका विवाद र सरकार सञ्चालनका चुनौती सम्बन्धी एजेन्डा तय गर्दै साझा धारणा  र रणनीति निर्माणमा जुट्ने सहमती  भएको थियो ।   साझा रणनीति बनाउन द्धिपक्षिय वार्ता जारी खाख्ने सक्तासाझेदार काँगे्रस एमालेको  समझदारी भएपनि कुनै सहमती भने भइसकेको छैन ।