कोरियाली मोडेलमा सरकारले कामदार इजरायल पठाउने

भदौ ८, काठमाडौँ ।

सरकारले आफैं इजरायलमा कामदार पठाउने भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, म्यानपावर कम्पनीबाट कामदार पठाउन बन्द भएपछि सरकारले सिक र कमाउ अवधारणामा नेपाली प्रशिक्षार्थी कामदार इजरायल पठाउने तयारी गरेको हो ।

दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तहमा कामदार पठाउन लागिएको छ । इजरायलले पनि सरकार आफैंले कामदार पठाउने जिम्मा लिएमा नेपाली कामदारलाई रोजगारी दिन तयार रहेको जानकारी गराइसकेको छ ।

जाने कामदारसँग ७५ हजार मात्र लिन पाइने नियम भएपनि म्यानपावर कम्पनीले ७ लाख रुपैयाँ सम्म लिन थालेपछि इजरायलले कामदार लैजान रोकेको हो ।