चरीको दाहसंस्कार भोली, आज प्रहरीविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

भदौं २, काठमाडौं – गुण्डा नाइके दिनेश अधिकारी उर्फ चरी प्रहरीसँगको इनकाउन्टरमा मारिएको १३ दिनपछि भोली मात्रै उनको दाहसंस्कार हुने भएको छ । सामान्तयः हिन्दू परम्परा अनुसार मानिस मरेको १३ औं दिनपछि काजकिरिया सकिन्छ ।

तर, चरीका परिवारले उनको पक्राउपछि हत्या भएको भन्दै शव बुझ्न अस्वीकार गरेका कारण १३ दिनपछि बल्ल दाहसंस्कार हुन लागेको हो ।
चरीका आफन्त, परिवारजन र धादिङका एमाले नेताहरुबीच आइतबार काठमाडौंको गोंगबुमा भएको छलफलपछि कानुनी तथा राजनीतिक लडाइ लड्दै काजकिरिया गर्ने निर्णय भएको हो ।

आज सर्वोच्च अदालतमा चरीको मृत्यु प्रकरणमा किटानी जाहेरी लिन नमानेको प्रहरीविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदैछ ।