जम्लाजस्तो छ नीता र स्वेतको जोडी

 काठमाडौँ – कहिले लोकगीतमा छमछम नाच्ने त कहिले आधुनीक गीतमा सिुरियस मुडमा देखा पर्ने पछिल्लो पुस्ताकी नायीका नीता ढुगांना झन् भन्दा झन् ब्यस्त हुन थालेकी छिन् ।

शुक्रबार उनी अनुबन्धित चलचित्र ‘भूलभुलैया’को छायाकंन सुरु भएको  छ । चलचित्रमा नीतासँगै नायक स्वेते मानन्धर मुख्य भूमिकामा देखिने निर्देशक योगेश घिमिरेले जानकरी दिए ।nita n swyat11

अर्का नायक जीवन लुइँटेल भने चलचित्रको यूनिटमा भदौ ३ गतेबाट आवद्ध हुने निर्माण युनिटले जनाएको  छ ।

शुत्रबार राजधानीको बालाजु ल्याबमा भुलभुलैयाको गीतबाट चलचित्र  छायाकंन शुरु गरिएको छ ।

निक्कै आकर्षक सेट लगाएर छायांकन भैरहेको गीतमा नायक स्वेत र नीताको जोडी खुब जमेको थियो ।

चलचित्रमा  वसन्त सापकोटाको संगीत तथा  कविराज गहतराजले नृत्य निर्देशन रहेको  छ  ।

निरज ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालको लगानी छ ।