इलामे चियाको कथा

साउन २४, काठमाडौं-  इलाम- व्यवसायिक रुपमा चिया खेती सुरु भएको ४२ बर्ष बित्दै गर्दा इलाममा मात्रै दुई दर्जन ठूला कारखाना खुलिसकेका छन्। जहाँ किसानले घर नजिकका बगानमा उत्पादन गरेको हरियो पत्ती प्रशोधन हुन्छ। माइपूर्वका धेरैवटा गाउँ चिया खेतीले ढाकेको छ भने पश्चिमका गाउँमा समेत चियाको चमक फैलिँदैछ।

कसैले तीन सय रोपनी जमीन ढाक्ने गरी चिया खेती गरेका छन् भने कसैले दुईरचार रोपनी मात्रै। जसले जति गरे पनि उनीहरुको हरियो पत्ती अचेल गाउँकै कारखानामा बिक्री हुन्छ। त्यहाँ प्रशोधन गरेर खाल खालको गुणस्तरमा तयारी पारेपछि धेरैजसो कोलकाता निकासी हुन्छ। तेस्रो मुलुक थोरै जान्छ।

कारखानाले अहिले तोकेको प्रतिकिलो २५ रुपैयाँ मूल्यलाई धेरैले चित्त नबुझाए पनि बिक्री गर्नुको बिकल्प छैन। अर्ग्यानिक हरियो पत्ती भने ६० रुपैयाँसम्म पनि बिक्री भइरहेको छ। चिया खेती जीविकोपार्जन र रोजगारीको माध्यममात्र बनेको छैन, सौन्दर्य र पर्यटनको एउटा भरपर्दो माध्यम पनि बनेको छ। शब्द तस्बिर :  बेनुपराज भट्टराई