भारतसँगका विबादीत बिषय छिट्टै टुंगो लाग्ने प्रम कोइराला

श्रावण २१, काठमाडौ –  प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र भारतबीच बिबादीत विषयमा छिट्टै सहमती जुट्ने बताएका छन् । भारतीय पत्रिका ‘द हिन्दु’लाई विशेष अन्र्तवार्ता दिदै प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क शिखर सम्मेलनको बेला नेपाल आउदा विबादीत विषय सबै टुंगो लाग्ने बताउनुभएको हो ।

भारतसँग हुन नसेका उर्जा बिकास संझौता पिटिए तथा आयोजना बिकास संझौता पिडिए र सन् १९५० को शन्धि पुनराबलोकन सम्बन्धी सबै विषयमा टुंगो लाग्ने प्रधानमन्त्री कोइरालाको भनाई छ । यसैबीच प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन आराम गर्ने भउका छन् ।

चिकित्सकले आराम गर्न सुझाब दिएपछि कोइरालाले केहि दिन अति महत्वपुर्ण बाहेकका भेटघाट नगर्ने हुनुभएको हो । उहाका पे्रस सल्लाहाकार प्रकास अधिकारीले प्रधानमन्त्री अस्वस्थ्य रहेकोले आज कुनै औपचारीक कार्यक्रम नरहेको जानकारी दिए ।

२६ सभासद मनोनयन, संबिधानीक निकायमा पदाधिकारी नियुक्ति, विभिन्न देशमा राजदुत नियुक्तिलगायत काममा ढिलाई भइरहेको बेला प्रधानमन्त्री फेरी अस्वस्थ भएपछि यि कार्य अझै केहिदिन प्रभाबित हुने भएका छन् ।