प्रधानमन्त्रीले धपेडी गर्न नहुने

साउन २१, काठमाडौ –   प्रधानमन्त्री सुशील कोइरालालाई टियुमरलाइसस सिन्ड्रोम का कारण कमजोरी, खोकी, ज्वरोलगायतका समस्याले सताएको छ । यो फोक्सोमा देखिएको क्यान्सरको गाठो उपचारपछि पग्लदै जादा देखिने स्थिति हो ।

७५ वर्षीय कोइरालालाई कम्तिमा करिव अढाइ महिनासम्म संक्रमणमुक्त स्थितिमा धपेडी विहीन जीवनयापन गर्न उपचाररत चिकित्सकले सल्लाह दिएका छन्। उनको फोक्सोमा क्यान्सरको कोषहरु मिलेर विकसित गाठोलाई हालै अमेरिकामा लक्षित विकिरिण चिकित्सा गरेर नष्ट गर्ने काम भएको थियो ।
फोक्सोमा देखिएको गाठोको विकिरण चिकित्सा गरिएकोले टयुमरलाईसिस सिन्ड्रोमु अन्तर्गत ज्वरो देखिएको हो, उच्च स्रोतले भन्यो, उहाँको अरु सबै कुरा ठीक छ ।

प्रधानमन्त्री कोइरालाको टयुमरलाईसिस सिन्ड्रोम को व्यवस्थापनमा चिकित्सकहरु लागिपरेका छन् ।  टयुमरलाइसिस सिन्ड्रोम कडा रुपमा प्रस्तुत भएपछि अन्य संक्रमणले गर्दा ज्वरो देखिनसक्छ यसको नराम्रो असर मुटूको चाल नियमित हुन नसक्नु हो भक्तपुर क्यान्सर अस्पतालका एक जना क्यान्सर विशेषज्ञले भने, यसमा युरिक एसिड बढेपछि देखिने लक्षण, शरीरमा क्याल्सियमको कमी हुनु लगायतका अन्य समस्या देखिन्छ ।

अर्का एक चिकित्सकले भने कोइरालालाई रेडियेसन इन्ड्युस्ड निमोनाइटिसु, अर्थात विकिरण उपचारले फोक्सो सुन्निने स्थिति भएको हुनसकने आशंका समेत गरे । उनले विकिरण उपचारको यति पछाडी टयुमरलाइसिस सिन्ड्रोम सम्भवतः देखिनु नपर्ने जनाउदै उनले भने, गाठोलाई लक्षित गरेर विकिरण दिदा किरण फोक्सोको बाटो हुदै गाठोमा पुग्छ ।

उक्त विकिरणले गर्दा प्रतिक्रियाको रुपमा ज्वरो, स्वासप्रस्वासको समस्या आदि देखिन सक्छ । ती चिकित्सकको दाबीअनुसार प्रधानमन्त्रीलाई उक्त दुवै समस्या देखिएको हुनसक्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।