पर्यटन र पूर्वाधारमा सहयोग माग

श्रावण २०, काठमाडौँ  –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा निजी क्षेत्रका प्रतिनिधिले पनि पर्यटन र पूर्वाधारमा भारतीय सहायोगको माग गरेका छन्। नेपालका १६ व्यवसायीले मोदीसँगको भेटमा उत्पादनका बढाउन पूर्व-पश्चिम औद्योगिक करिडोरको पूर्वाधार निर्माण गरी भारतीय बजारमा अवरोधरहित पहुँचको वातावरण बनाइदिन पनि आग्रह गरे।

सोमबार अपराह्न होटल ह्यातमा करिब २० मिनेट मोदीले यहाँका निजी क्षेत्रको धारणा सुनेका थिए, जसमा उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मोदीको विकास सूत्रको प्रशंसा गर्दै पूर्वाधारमा लगानी बढाउन आग्रह गरे।धार्मिक पर्यटकीय स्थललाई एक अर्कामा जोड्न सहयोग अपेक्षित छ, उनले भने।  कान्तिपुरमा खबर  छ ।

महासंघ र उद्योग परिसंघका अध्यक्ष रहिसकेका विनोद चौधरीले पूर्वाधारसँगै नेपाली उत्पादनको भारत पहुँचलाई सहज बनाउनुपर्ने बताएका थिए। ुपूर्व(पश्चिम औद्योगिक करिडोर बनाउन सघाउन भन्यौं,चौधरीले कान्तिपुरसित भने, ुयहाँका उत्पादनलाई भारतमा जाँदा लाग्ने गैरभन्सार र अन्य अवरोध हटाउनुपर्ने पनि हाम्रो माग हो।उनले काठमाडौंलाई तराईसँग जोड्ने फास्टट्रयाक र निजगढ विमानस्थलमा पनि लगानीको आग्रह गरेको बताए।

मोदीले प्रस्तावबारे तत्काल कुनै ठोस प्रतिक्रिया नदिएको सहभागीले बताएका छन्। हेरी मूल्यांकन गरेर सहयोग गर्ने धारणा मोदीको थियो चौधरीले भने। मोदीसँग भेट्नेमा महासंघ, परिसंघ ९सीएनआई०, नेपाल-भारत उद्योग वाणिज्य संघका तर्फबाट ४र४, चेम्बर अफ कमर्सबाट १ र समग्र निजी क्षेत्रबाट तीन जना थिए। महासंघ अध्यक्ष पाण्डे, उद्योगी चौधरी र प्रभाकरशमशेर राणाले भेटमा आफ्नो धारणा राखेका थिए।

अन्तरदेशीय प्रसारणलाइनको विषय पनि उठेको सहभागी सीएनआईका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले बताए।भारतले घोषणा गरेको सफ्ट लोन प्रयोगमा निजी क्षेत्रको समेत सहभागिता गराउने नीति ल्याउने माग अर्को ऐजेन्डा थियो, शर्माले भने। भेटमा मोदीसँग उत्पादन बढाउने र भारतीय बजारमा सहज पहुँचको व्यवस्था सबै निजी क्षेत्रको साझा धारणा थियो।

मोदीले शान्ति प्रक्रिया, संविधान निर्माण र स्थायी सरकार नेपालको मुड पाएको बताउनुभयो, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, ुसाउथ कोरियाको ब्रेक थ्रु पूर्वधार विकासले नै भएको बताउँदै नेपालको ध्यान पनि त्यतै जानुपर्नेमा उहाको जोड थियो।