सबैको भावना जोड्ने संघीय राज्य बनाउनुस

श्रावण २०, काठमाडौँ  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमाल, पहाड र तराईको भावना जोडेर संघीय राज्य निर्माण गर्न नेपाली नेतालाई सुझाव दिएका छन्। दुईदिने नेपाल भ्रमणको अन्तिम दिन सोमबार स्वदेश फर्किनुअघि प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग होटल ह्यातमा भएको भेटघाटमा उनले संकुचित नभई समग्र राष्ट्रको हित चिताउन आग्रह गरे।

हिमाल, पहाड र तराईको भावना जोडेर संघीयताको मोडल बनाउँदा फाइदा हुन्छ। त्यसमा तपाईंहरूको ध्यान जानुपर्छ, मोदीको भनाइ उद्धृत गर्दै मधेसकेन्द्रित दलका एक नेताले नागरिकसँग भने, तीन प्रकारको भूगोलको फाइदा एकअर्काले लिन सक्ने गरी संघीय राज्य बनाउँदा राम्रो हुन्छ। नागरिक दैनिकमा खबर छ  ।
नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरूले भेटेपछि मधेसी नेताहरूले सामूहिक रूपमा मोदीसँग भेटवार्ता गरेका थिए। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई–मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनधिकार फोरम, गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता, एकीकृत नेकपा माओवादीका नेता प्रभु साह, नेपाली कांग्रेसका नेता अमरेश सिंहलगायतले मोदीलाई भेटेका हुन्।
करिब ४० मिनेट भएको भेटघाटमा मधेसी नेताहरूले अधिकारसम्पन्न मधेस, विकास निर्माण, चुरे संरक्षण, मधेसमा हुलाकी मार्ग निर्माण पूरा गर्न, विद्युतीय रेलमार्ग निर्माणका लागि सहयोग गर्न मोदीलाई आग्रह गरेका थिए।
जवाफमा मोदीले क्षेत्र र दलगत स्वार्थभन्दा माथि उठ्न नेताहरूलाई आग्रह गरे। संघीय गणतन्त्रको कुरामा मेरो समर्थन छ। मधेसको मात्र कुरा नगरौं, समग्र नेपालको कुरा गर्नुहोस्। समग्र देशकै विकास हुनुपर्छ,मोदीको भनाइ उद्धृत गर्दै संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भने, ुहिमाल, पहाड र तराई जोड्ने गरी नेपालको विकास हुनुपर्छ भन्ने पक्षमा छु।
भेटमा नेपाली कांग्रेसका नेता सिंहले आइतबार संसदमा सम्बोधन गर्दा मधेस शब्द प्रयोग नगरी तराई भनेको भन्दै मोदीसमक्ष दुःखमनाउ गरेका थिए। ुहजुरले संसदलाई सम्बोधन गर्दा मधेसको ठाउँमा तराई शब्द मात्र प्रयोग गर्नाले हामीलाई कमजोर बनायो। तपार्इंले मधेसलाई अस्वीकार गर्नुभएको होरुु सिंहले जिज्ञासा राखेका थिए।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले त्यस्तो होइनु मात्र बताएका थिए। ुभेटमा मधेसी नेताहरूले नेपालको राज्यसत्ताबाट मधेसी समुदायलाई विभेद गर्ने गरिएको, भारतले नेपालको विकासका लागि दिने सहयोग बढी मात्रामा पहाडकेन्द्रित योजनामा खर्च गर्ने गरिएको तथ्य बताए, तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले भने, उहाँ ९मोदी० ले नेपालको विकासका लागि पहाड र मधेसबीचको दूरी घटाउँदै जानु उपयुक्त हुने बताउनुभयो।
भेटमा मधेसवादी दलका नेताले चुरे विनास हुँदा तराई र भारतको बिहार दुवैलाई असर गर्ने बताउँदा मोदीले चुरे संरक्षणमा आफू ुपोजेटिभु रहेको बताए। भेटमा फोरम नेपालका अध्यक्ष यादवले आदिवासी जनजातिले उठाएका मुद्दालाई सहयोग गर्न मोदीसँग आग्रह गरेका थिए। जवाफमा मोदीले ुयो लोकतन्त्रको प्रक्रिया नै होु भनी संक्षिप्त जवाफ दिएका थिए।
ुसबैलाई समेट्ने संविधान बनाउनुस्। संघीय लोकतान्त्रिक गणतन्त्रबाट नभाग्नुस्,ु मोदीको भनाइ उद्धृत गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने।
मधेसवादी दलका नेताहरूले आफूहरूलाई राज्यले विभेद गरेको भन्दै विचार गरिदिन मोदीलाई आग्रहसमेत गरेका थिए। ुदलभन्दा माथि उठेर देशबारे सोच्नुहोस्, मेरो सहयोग छ,ु राजनीतिक दलका नेतासँग भएको भेटमा मोदीको भनाइ उद्धृत गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अबकरुदिनले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने।
मोदीले सबैभन्दा पहिला नेकपा एमालेका नेताहरूसँग कुराकानी गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीका साथमा वामदेव गौतम, महेन्द्रबहादुर पाण्डे, राधा ज्ञवाली, विद्या भण्डारी, ईश्वर पोखरेल, भीम रावल र राजन भट्टराई मोदी भेट्न सोमबार दिउँसो होटल ह्यात पुगेका थिए। एमाले अध्यक्षमा निर्वाचित भएकोमा ओलीलाई मोदीले बधाई दिएका थिए।
३० मिनेट जति भएको भेटमा ओलीले नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै दुई देशबीचका समस्या वार्ताबाट समाधान गर्नुपर्ने बताए। समस्या समाधानका लागि पनि उच्चस्तरीय राजनीतिक भेटघाट भइरहनुपर्ने उनले जनाए। संविधान निर्माण कार्य निर्धारित समयभित्रै हुने आश्वासन ओलीले दिएका थिए। ओलीले भारतसँग विद्युत व्यापार सम्झौता ९पिटिए० र आयोजना विकास सम्झौता ९पिडिए० गर्न नेपाल सकारात्मक रहेको समेत जनाए। एमाले नेताहरूसँगको भेटमा मोदीले नेपालको संविधान निर्माणमा भारतको कुनै हस्तक्षेप नहुने स्पष्ट पारेका थिए।
भेटघाटमा सहभागी एमालेका उपाध्यक्ष भीम रावलका अनुसार मोदीले पारस्परिक हितका आधारमा समझदारी बनाई अघि बढ्नुपर्ने बताएका थिए। एमाले नेताहरूले पिटिए र पिडिएको कुरा उठाउँदा मोदीले पिडिए राम्रोसँग हेर्न नभ्याएको जनाए। ुअब जतिसक्दो छिटो ऊर्जाका विषयमा दुई देशले निर्णय गरी अघि बढ्नु राम्रो हुन्छ। निर्णय तपार्इंको हातमा छ सहयोग गर्न हामी तयार छौं,ु मोदीको भनाइ उद्धृत गर्दै रावलले भने।
परराष्ट्रमन्त्रीसमेत रहेका एमाले नेता महेन्द्रबहादुर पाण्डेका अनुसार मोदीलाई सार्क सचिवालय काठमाडौंमा रहेकोले सार्क बैंकको कार्यालय पनि काठमाडौंमा राख्न आग्रह गरिएको थियो। हाम्रो प्रस्ताव उहाँले स्विकार्नुभयो। अन्य सार्क सदस्य राष्ट्रसँग छलफल गरेर निर्णय लिने कुरा भएको छ,पाण्डेले भने।
एमाले नेताहरू बाहिरिएपछि मोदीलाई भेट्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका साथमा नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पुगेका थिए। भेटघाटबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले मोदीसँगको भेटलाई ुउपलब्धिमूलक र ऐतिहासिकु भएको बताए। भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ,ु दाहालले संक्षिप्त प्रतिक्रिया जनाए।
नेपालमा स्थायित्व र आर्थिक समृद्धि हुनुपर्छ भन्नेमा मोदी स्पष्ट रहेको माओवादी नेताहरूको धारणा थियो। मोदीको चाहना संविधान समयमै बनोस् भन्ने थियो। माओवादीसँग मोदीले शान्ति प्रक्रिया र संविधान लेखनमा केन्द्रित भई कुराकानी गरेका थिए। माओवादी नेताले आफूहरू शान्ति प्रक्रियाबाट नभाग्ने र समयमै संविधान जारी गर्ने विश्वास मोदीलाई दिए। ुशान्ति प्रक्रियाप्रति प्रतिबद्ध छौं भन्ने विश्वास हामीले दिलायौं एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री भट्टराईले भने।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि सोमबार नै मोदीसँग २० मिनेट भेटवार्ता गरेका थिए। भेटमा थापाले नेपालमा दुईवटा धार रहेको जनाउँदै त्यसमध्ये एउटा धारको नेतृत्व आफूले गरेको दाबी गरेका थिए। ुसंविधान निर्माणका सन्दर्भमा गणतन्त्र कि राजासहितको प्रजातन्त्र, धर्म निरपेक्षता कि हिन्दुराष्ट्र, संघीयता कि स्थानीय स्वायत्त शासन भन्ने जस्ता विषय छलफलकै क्रममा छन्। यी विषय आन्तरिक मामिला भएकाले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले सकारात्मक र रचनात्मक धारणा दिनुपर्छ,ु थापाले भनेका थिए।
जवाफमा मोदीले असल छिमेकीका हिसाबले नेपालमा यथाशक्य चाँडो संविधान निर्माण हुन सकोस् भन्ने कामना गरेका थिए। मोदीले संविधान निर्माणमा भारतको भूमिका तटस्थ रहनेसमेत थापालाई स्पष्ट पारेका थिए। थापाले नेपालमा केही समयदेखि संगठित र योजनाबद्ध ढंगबाट धर्म परिवर्तन भइरहेको, धर्म परिवर्तनको निशानामा आदिवासी, दलित, जनजाति र अल्पसंख्यक समुदाय परिरहेको जानकारी मोदीलाई दिएका थिए। प्रत्युत्तरमा मोदीले यस विषयमा आफूलाई थाहा भएको र विषय गम्भीर भएकाले यस सम्बन्धमा थप जानकारी हासिल गर्ने जनाएका थिए।
यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, सुजाता कोइराला र पूर्णबहादुर खड्काले पनि मोदीसँग भेटवार्ता गरेका थिए। मोदी र कांग्रेस नेताहरूबीच द्विपक्षीय सम्बन्ध, संविधान लेखनलगायत विषयमा छलफल भएको थियो।