सुरुङी सञ्जाल नष्ट गर्ने अभियान अन्तिम चरणमा

साउन १८, काठमाडौँ  –  ईजरायली सेनाले गाजामा प्यलेष्टानी चरमपन्थीले बनाएको सुरुङ सञ्जाल नष्ट गर्ने अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । हमासले ती सुरुङहरुको प्रयोग गरी ईजरायलमा घुसपैठ गर्ने गरेको सैनिक अधिकारीको आरोप छ ।

ईजरायलले उत्तरी गाजाबाट विस्थापित नागरिकहरु अब बेत लाहिया ईलाकामा फर्कन सक्ने बताएको छ । यता दक्षिणी गाजामा भने ईजयरायली सेनाले हवाई र स्थलगत कारवाही जारी राखेको छ । हमासले पनि ईजरायलमाथिको रकेट आक्रमण अझै रोकेको छैन ।

ईजयरायली आक्रमणमा अहिलेसम्म गाजामा १ हजार ६ सय ५५ प्यालेष्टानी मारिएका छन । हामसको आक्रमण्मा ईजरायलमा मर्नेको संख्या ६५ पुगेको छ ।