साम्बो प्रतियोगिता काठमाडौंमा शुरु

साउन १८, काठमाडौँ  –  राष्ट्रिय साम्बो प्रतियोगिता आज काठमाडौंमा हुँदैछ । प्रतियोगितामा १ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने आयोजक नेपाल साम्बो फेडेरेसनले जनाएको छ । प्रतियोगितामा ५ विकास क्षेत्रका ६५ पुरुष तथा ३५ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगितामा स्र्पोट्स साम्बोको महिला तथा पुरुषतर्फ ९ तौल समुहमा  १८ स्वर्णका लागि प्रतिस्पर्धा हुने साम्बो संघका सचिव उत्तम श्रेष्ठले जानकारी दिए ।