म्याच फिक्सीङमा संलग्नलाई ७ वर्ष कैद

साउन १६, काठमाडौँ  –  न्युजिल्याण्डको संसदले म्याच फिक्सीङमा संलग्नलाई प्रतिवन्ध सहित ७ वर्ष कैद गर्ने खेल कानुन अनुमोदन गरेको छ । संसदले सरकारका तर्फबाट पेश भएको फिक्सीङ विरुद्धको कडा बिद्ययकलाई पारित गरेको हो  ।
अर्को वर्ष अष्ट्रलियासंगै विश्वकप क्रिकेटको आयोजना गर्ने तयारी गरिरहेको न्युजिल्याण्डले यस्तो कानुन पारित गरी लागु गर्न लागेको छ । सो बिधयकमा म्याच फिक्सीङलाई राष्ट्र विरुद्ध गरिने गम्भिर अपराधका रुपमा ब्याख्या गरिएको छ ।

त्यहाँका खेल मन्त्री मुरी मेकुलीले सो बिधयकले खेलाडीलाई देश र खेल प्रति जिम्मेवार बन्न उत्प्रेरित गर्ने दावी गर्नुभएको छ ।