भारत अमेरिका सम्बन्ध सुधारतिर : केरी

साउन १५, काठमाडौँ – अमेरिकी विदेशमन्त्री जोन केरीले भारतसँगको सम्बन्ध सकारात्मक रूपमा अघि बढिरहेको धारणा राखेका छन् । उनले भारतसँग भएको पछिल्लो सम्बन्ध सुधारको पहलबाट आफू उत्साहित भएको भन्दै आगामी दिनमा मिलेर कामगर्ने पक्षमा प्रसस्त मात्रामा आधारहरू खडा भएको पनि बताएककका छन् । उनी  भारतसँगको सम्बन्ध सुधारको पहलका लागि बुधबार भारत गएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उनी तीनदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् । उनले आज भारतमा त्यहाँका वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेका छन् ।

भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उनले भारत भ्रमण गरेका हुन् ।     करिब १० वर्ष लामो भारतीय काँग्रेस नेतृत्वको सरकारपछि हालैमात्र भारतमा भारतीय जनता पार्टीको सरकार निर्माण भएको हो ।      सो नयाँ सरकारपछि पहिलो पटक अमेरिकाकी उच्च अधिकारीको यो भ्रमण भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  भारतमा भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार निर्माण भएपछि पहिलो पटक सम्बन्ध विस्तारका लागि भन्दै अमेरिकी विदेश मन्त्रीको यो भ्रमण हुन लागेको हो । भारत र अमेरिकाबीचको सम्बन्धमा पछिल्लो समयमा तीतोपना देखिएको बताइएको थियो । गतवर्ष एकजना भारतीय कूटनीतिज्ञलाई अमेरिकाले पक्राउ गरेपछि सम्बन्धमा केही तिक्तता देखिएको हो ।