भारतीय प्रमको भ्रमण फलदायी बनाउन सुझाव

साउन १२, काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकमा सभासदहरुले अर्को हप्ता हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सार्थक बनाउन सरकारी स्तरमा आवश्यक प्रयास हुनुपर्ने सुझाव दिएका छन् ।

विशेष परिस्थितिमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुन लागेकाले राजनीतिक दललाई साथमा लिएर सरकारले भ्रमणलाई उपलब्धिमूलक बनाउनेतर्फ ध्यान दिनुपर्ने सल्लाह दिँदै सनीहरूले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामा आँच नपुग्ने गरी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणलाई मुलुकको राष्ट्रिय हित प्रवद्र्धन तथा आर्थिक विकासमा केन्द्रित बनाउनुपर्ने र भारतसँग जोडिने कपिलवस्तुको नाका सञ्चालनमा ल्याउन भारतीय पक्षसँग तत्काल संवाद गर्नुपर्ने आवश्यकता पनि उहाँहरूले औँल्याएका छन् ।