समृद्धिका लागि भारतसँग विद्युत् सम्झौता : मन्त्री ज्ञवाली

साउन ७, काठमाडौँ – ऊर्जा मन्त्री राधा ज्ञवालीले मुलुकको समृद्धिका लागि ‘नेपाल–भारत विद्युत् सम्झौता’ गर्न लागेको बताएकी छिन् । बुधबार राजधानीमा आयोजीत  साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले राष्ट्रको हित र ऊर्जा विकासका लागि भारतसँग विद्युत् सम्झौता गर्न लागेको दाबी गरिन् ।मन्त्री ज्ञवालीले मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै सम्झौता हुने पनि प्रस्ट्याइन् ।

नेपाली काँग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री डा प्रकाशशरण महतले नेपाल–भारतबीचको विद्युत् सम्झौताले दुवै देशको हित हुने र त्यसमा मुलुकको हितविपरीत कुनै पनि आपत्तिजनक कुरा नरहेको दाबी गरे ।

एकीकृत नेकपा (माओवादी)का ऊर्जा विभाग प्रमुख लीलामणि पोखरेलले भारतले नेपालको पानी कब्जा गर्ने उद्देश्यका साथ विद्युत् सम्झौता गर्न लागेको आरोप लगाए ।