राजधानीलाई सिंगार्न मात्रै ३ करोडका झन्डा

साउन ५, काठमाडौँ –
सार्क सम्मेलनमा अतिथिलाई स्वागत गर्न काठमाडौं महानगरपालिकाले राजधानीको ६ सय १२ स्थानमा फ्ल्याग पोल ९झण्डा स्तम्भ० बनाउने भएको छ ।  आउँदो नोभेम्बरमा हुन लागेको सार्क सम्मेलनमा राजधानीलाई सिंगार्ने क्रममा महानगरपालिकाले सो संख्यामा पोल राख्ने निर्णय गरेको नेपाल समाचारपत्रमा खबर छ ।  सडक विस्तार गर्ने क्रममा हाल सडकको बीचमा रहेका पोललाई सो स्थानबाट हटाएर सडक किनारामा नयाँ पोल बनाउने र महानगरपालिकाका सबै वडाको मुख्य स्थानमा नयाँ पोल राखिने भएको छ ।

कामपा भौतिक विकास तथा निर्माण महाशाखा प्रमुख रामबहादुर थापाले सबै स्थानमा रुट पहिचान गरी पोल राख्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।  उनका अनुसार एयरपोर्ट, सिनामंगल, तीनकुने हुँदै माइतीघर, माइतीघर(त्रिपुरेश्वर, कालीमाटी हुँदै कलंकी, माइतीघर(सिंहदरबार, पुतलीसडक हुँदै नारायणहिटी संग्रहालय, सिंहदरबार, भद्रकाली, दरबारमार्ग, त्रिपुरेश्वर(कान्तिपथ हुँदै महाराजगन्ज, कमलपोखरी ज्ञानेश्वरहुँदै बौद्ध, हनुमानढोका, पशुपतिक्षेत्र, स्वयम्भू, कमलादी र पर्दशनीमार्ग क्षेत्रमा फ्ल्याग पोल राख्न लागिएको हो ।