श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

साउन ४, काठमाडौँ ।

श्रीमतीको कुटाइबाट गम्भीर घाइते श्रीमानको मृत्यु भएको  छ । झापा जुरोपानीका ५० वर्षका कजवा भन्ने गौरलाल सरबरियाको श्रीमती र भाइको कुटाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी घरमा आएको अवस्थामा विवाद हुदा गौरलाल लाई भाइ अनिल र श्रीमतीले कुटपीट गरेका थिए ।

कुटाइपछि घाइते सरबरियाको उपचारकोलागि विराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कुटपिटमा संलग्न दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।