प्रतिष्प्रर्धा बिनै एसीसी अन्डर १६ मा सहभागि हुने टोली छानिदै

साउन ४, काठमाडौँ –

नेपाल क्रिकेट संघ क्यानले अर्को महिना मेलेसियामा हुने एसीसी अन्डर १६ प्रिमियर लिग क्रिकेटमा सहभागि हुने टोली प्रतिष्प्रर्धा बिना छनोट गर्ने भएको  छ ।  प्रतियोगिताको खेल तालिका हिजो सार्वजनिक भैसकेको भन्दै क्यानले बिना प्रतिष्प्रर्धा खेलाडि छनोट गर्न शुरु गरेको हो ।

क्यानमा देखिएको बिबाद तथा छनोट प्रतियोगिता गर्ने बेला एस. एल.सि परिक्षा परेकोले प्रतिष्प्रर्धाबाट खेलाडि छनोट गर्न नसकेको क्यानले जनाएको  छ । यसअघि भने क्यानले जिल्ला, क्षेत्र हुदै ९ क्षेत्रिय टोलीबीच राष्ट्रिय प्रतियोगिता गरेर खेलाडि छनोट गर्ने गरेको थियो । प्रतियोगिता अगस्ट १३ देखि २० सम्म मलेसियामा हुदै छ ।

नेपालले थाइल्यान्ड, आयोजक मेलेसिया, ओमान सिंगापुर, बहराइनसँग प्रष्प्रिर्धा गर्नुपर्ने खेल तालिका एसियाली क्रिकेट परिषदले हिजो सार्वजनीक गरेको छ । तालिका अनुसार अगष्ट १४मा नेपालले थाइल्यानडसँग खेल्नेछ भने अगष्ट १५ मा सिंगापुरसँग खेल्ने छ । यस्तै नेपालले अगष्ट १७ मा ओमान, १८ मा बहराइन र २० मा मेलेसिया सँग खेल्ने छ ।