सप्तरीमा छतबाट लडेर महिलाको मृत्यु

साउन,२ सप्तरी-

सप्तरीमा  घरको छतबाट लडेर गएराति एक महिलाको मृत्यु भएको छ ।

मलेकपुर–५ खुर हुरियामा घरपरिवारका सदस्य सबैजना रोपाइँका लागि गएको बेला लुगा उठाउन घरको छतमा गएकी २० वर्षीया पुनिता मण्डलको लडेर मृत्यु भएको प्रहरीले जनाएको  छ ।

शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको  छ ।