सरकारद्धारा मानव अधिकार राष्ट्रिय कार्ययोजना लागू

साउन १, काठमाडौँ –
नेपाल सरकारले आजदेखि चौथो पञ्चवर्षीय मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले कार्ययोजनालाई आजदेखि लागू गर्न स्वीकृति दिएको थियो । शिक्षा, स्वास्थ्यलगायत विभिन्न १८ वटा विषयलाई समेटेर कार्ययोजना तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्ययोजनाले नेपाल पक्ष राष्ट्र भएका विभिन्न मानव अधिकारसम्बन्धी सन्धिद्वारा सिर्जित दायित्व पालना गर्न र अन्तरिम संविधान तथा अन्य प्रचलित कानुन एवम् नीतिद्वारा नेपाली नागरिकलाई प्रत्याभूत अधिकारहरुको संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

मानव अधिकारप्रतिको प्रतिबद्धतालाई व्यावहारिक रुपमा सुनिश्चित गर्न, मानव अधिकारका सार्वभौम मूल्य र मान्यतालाई रुपान्तरण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयन गर्न र मानव अधिकार संस्कृतिको विकास गर्ने उद्वेश्य कार्ययोजनाले राखेको छ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९३ मा भियनामा सम्पन्न मानव अधिकारसम्बन्धी विश्व सम्मेलनले प्रत्येक सदस्य राष्ट्रले मानव अधिकार त्यस आह्वानअनुरुप नेपालले विसं २०६१ देखि हालसम्म तीन वटा कार्ययोजना तयार गरी कार्यान्वयन गरिसकेको छ ।