पुरुष समलिंगीमा एड्स महामारी

असार २८ ,काठमाडौँ  –

विश्व स्वास्थ्य संगठनले समलिंगी पुरुषमा पनि एचआईभी एड्सको सङ्क्रमण निकै महामारीका रुपमा फैलिएको पाइएको जनाएको छ ।

पुरुषबाट पुरुषमा हुने यौन सम्पर्कका कारण समलिंगी पुरुषमा पनि एचआईभी एड्सको सङ्क्रमण फैलिएको पाइएको मात्र नभई यसको सङ्क्रमण महामारिकै रुपमा फैलिएको सो संस्थाले जनाएको छ ।

सो संगठनले यस्ता पुरुषलाई नियन्त्रणात्मक उपाय अबलम्बन गर्न तथा एन्टिरेक्टोभाइरल औषधिको सेवन गर्न विश्वव्यापी रुपमा आग्रह गरेको छ ।

विश्वमा सन् १९८० को दशकदेखि सुरु भएको एचअईभी एड्सको सङ्क्रमण हालैका वर्षहरुमा पुरुष समलिंगीमा पनि व्यापक रुपमा देखिन थालेको बताइएको थियो ।

तर पछिल्लो समयमा भने पुरुषबाट पुरुषमा यो संक्रमणको दर बढ्दो रुपमा देखिएको छ– विश्व स्वास्थ्य संगठनद्वारा गरिएको अध्ययनमा देखाइएको छ । एजेन्सीको सहयोगमा