दुर्घटनामा ५ जनाको मृत्यु, १० घाइते

असार २२, मकवानपुर ।

मकवानपुरको कुलेखानीमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मुृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।
सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना १ ज ४२ ५५ नम्बरको सुमो आज अपरान्ह कुलेखानी सडकबाट ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुन्सधान जारी राखेको छ ।
उता  सोलुखुम्बुको सोताङमा अक्सिजन सिलिण्डिर पड्किएर २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । स्थानीय भुवनसिंह राईको घरमा रहेको अक्सिजनसहितको सिलिण्डर पड्किँदा उहाँका ८ वर्षीय छोरा शक्ति राई र छिमेकी पीडिली तामाङको मृत्यु भएको छ । पीडिलीकी श्रीमान् चमार तामाङ र १६ वर्षीय मिङमार तामाङ घाइते हुनुभएको  प्रहरी कन्ट्रोल रुप सोलुखुम्बुले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकी सोताङमा पुर्याइएको छ । । घट्नास्थल सदरमुकाम नाम्चेबाट करिब २ दिनको पैदलदुरीमा पर्ने भएकाले प्रहरी पुग्नेक्रममा रहेको छ । हिमाल चढ्दा प्रयोग गरिएको सिलिण्डर भुवनसिंहले केही दिनअघि भेटिएपछि घरमा ल्याएर राखेको बताइएको छ ।्