सेमीफाइनलमा ब्राजिललाई नेइमार र शिल्भाको अभाव खड्कीने

असार २३ , काठटमाडौँ ।

पाँच पटकको विश्वकप विजेता तथा विश्वकप २०१४ को आयोजक मुलुक ब्राजिललाई सेमिफाइनल भिडन्तमा निकै समस्या पर्ने देखिएको छ ।  छैटौँपटक उपाधि चुम्ने सपना बोकेर मैदानमा उत्रन लागेको ब्राजिल स्ट्राइकर नेयमारको अनुपस्थिति बिना नै मैदानमा उत्रन लागेपछि फाइनल प्रवेशको लागि निकै समस्यामा परेको खेलकुल विश्लेषको भनाइ छ । यसअघि भएको कोलम्बियाविरुद्धको क्वाटरफाइनल खेलमा ढाडमा चोट लागेपछि खेलमा नेयमारले सहभागीता जनाउन असर्मथ हुने ब्राजिल टोलीका चिकित्सकले जनाएका छन् ।

खेलको ८७ औँ मिनेटमा कोलम्बियाका खेलाडी क्विन्टेरोले नेयमारलाई मैदानमा लडाएपछि चोटग्रस्त नेयमारको यस वर्षको विश्वकप यात्रा यहीँ समाप्त भएको छ । ब्राजिलको टिम चिकित्सकले नेयमारको ढाडको शल्यक्रिया गर्नुपर्ने भएकाले कम्तीमा पनि चार हप्ता निको हुन समय लाग्ने जनाएको छ । नेयमारले जारी प्रतियोगितामा चार गोल गरेका छन् ।

यसैबिच ब्राजिलका कप्तान थिएगो शिल्भा को पनि ब्राजिललाई अभाव खड्कीने भएको छ । यसअघि भएको खेलमा कप्तान शिल्भाले दोहोरो पहेँलो कार्ड खाएपछि सेमिफाइनल भिडन्तमा सहभागी हुन नपाउने भएका हुन् ।

यसैगरी ब्राजिलले क्वाटरफाइनल खेलमा कोलम्बियालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो भने अन्तिम १६ मा चिलीलाई पन्छाउँदै प्रिक्वाटरफाइनलको यात्रा तय गरेको थियो । यस्तै समूह चरणको खेलमा ब्राजिलले क्रोएसिया र क्यामरुनलाई पराजित गर्यो भने मेक्सिकोसँग बराबरी खेल्दै समूहको विजेता बनेको थियो । ब्राजिलले सेमिफाइनल खेलमा जर्मनको सामना गर्नेछ ।