पहिलो महाधिवेशन प्रतिनिधि भन्छन्,’नेता हो भने माधव(केपी मिल्नैपर्छ’

२१ असार, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन प्रतिनिधि जनकमान श्रेष्ठ यतिबेला निकै चिन्ति र गम्भीर बनेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको विचारलाई अगुवाई गरिरहेको नेकपा एमालेको नवौँ महाधिवेशनमा देखिएको नेतृत्व विवादले श्रेष्ठलाई नराम्रोसँग झस्काएको छ ।

एमाले महाधिवेशन चलिरहँदा नेतृत्वको विषयलाई लिएर भएको विवादले उनीभित्र निकै ठूलो चोट पनि लागेको छ । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

कम्युनिष्ट पार्टी नीतिभन्दा पनि नेतृत्वको लसवाललाई लिएर विभाजनको दुखद अवस्थामा पुगेको इतिहास भोगेका कारण एमाले महाधिवेशनका क्रममा दे्खिएको नेतृत्वको होडले श्रेष्ठलाई निकै चिन्तित बनाएको हो । एमाले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षवीचको विवाद र उद्घाटन सत्रमा देखिएको दृश्यले शुभ संकेत दिन नसकेको उनको बुझाई छ ।

शुक्रवार दिउँसो टेकुस्थित निवासमा पुग्दा नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनका प्रतिनिधि रहेका पूर्वन्यायाधीश जनकमान श्रेष्ठ पत्रिकामा एमाले महाधिवेशनको तस्विर हेरेर झोक्राइरहेका थिए । महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नपाएकोमा कायृकर्ताले पोखेको आक्रोश पत्रिकाको पाना हेरेरै अनुभू तिगर्ने कोसिस पनि गरिरहेका देखिथ्ये श्रेष्ठ ।

‘भित्र प्रवेश गर्न नपाएर कार्यकर्ता आन्दोलन गर्ने, झन्डा जलाउने, गेटहरु भत्काउने, नेताहरु पनि नेतृत्वको विषयलाई लिएर विवाद गर्ने काम कम्युनिस्ट आन्दोलनमै उचित घटना होइन, श्रेष्ठले मुख खोले,’सबै नेतालाई सम्मानजनक स्थानमा राखेर एउटाले नेतृत्व लिँदा के फरक पर्छ रु सामाजिक न्यायको आधारमा यो काम गरे भइहाल्छ नी ।’ एमालेको विवाद नियालिरहेका श्रेष्ठले २०१० साल अगाबै पुष्पलाललाई हटाउन भएको खेलको परिणाम नै कम्युनिस्ट पार्टीमा विभाजन आएको यर्थाथलाई आफैले अनुभूति गरेका छन् ।