प्याजको मुल्य दोब्बरले बृद्धि

२० असार, काठमाडौँ ।

विगतका बर्ष झै यही सिजनमा बढ्ने प्याजको  भाउ यो बर्ष पनि झण्डै दोब्बर मुल्यले बृद्धि भएको छ । केही हप्तायता नेपालका बजारमा उच्च दरले बढेको प्याजको मुल्य ४५ केजी पुगेको छ । यसअघि प्याजको मुल्य  २६ देखि २८ रुपैयाँ किलो रहेको बिक्रेताको भनाई छ ।

भारतले बुधबारदेखि लागू हुने गरी प्याजको न्यूनतम निर्यात मूल्य ५ सय डलर प्रति टन निर्धारण गरेका कारण नेपालका बजारमा प्याजको मुल्य आकाशिएको हो । माग संगै भाउ बढ्दै जाँदा दुई हप्ताको अवधिमा न्यूनतम निर्यात मूल्यमा २ सय डलर वृद्धि गरिएको हो ।