भन्सारप्रति व्यापारीको गुनासो

१२ असार, विराटनगर ।
आपसी विवादले तेस्रो मुलुकबाट आयात गरिएको दुई करोड मूल्यबराबरको कम्प्युटर सामग्री विगत तीन हप्तादेखि विराटनगर भन्सार कार्यालयमा अलपत्र परेको छ ।

अस्ट्रेलियाबाट आयात गरिएको अन्तर्राष्ट्रिय ब्रान्डेड कम्प्युटर सामग्री कार्यालयका प्रमुख राजेन्द्र दाहाल र व्यवसायीबीचको विवादका कारण भन्सारबाट नछाड्दा व्यवसायी मारमा परेका छन् ।

कम्प्युटेक विराटनगरका व्यवसायी प्रतिष्ठानद्वारा आयात गरिएको कम्प्युटर सामग्रीहरुमा प्रिन्टर, मोनिटर र मल्टिफङ्सनल प्रिन्टरलगायत दुई कन्टेनर सामग्री रहेको व्यवसायीले बताएका छन् ।

कुण्डलियाले विगत तीन हप्तादेखि भन्सार प्रमुख दाहाललाई सामान छाड्न पटकपटक गरेको आग्रह नसुनेपछि भन्सार विभागमा तीन दिन अगाडि उजुरी गरेको जानकारी दिए । उनँले विभागले सामान छाड्न लिखित आदेश गरेको भएपनि प्रमुख दाहालले नछोडेको गुनासो गरे ।