सोह्रौँं शताब्दीका कुरा

९ असार, बुटवल । सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ऐतिहासिक पाल्पाको पूर्णाकोटमा उत्खनन सुरु गरिएको छ ।

पाल्पाको भैरवस्थान गाविसमा रहेको ऐतिहासिक पूर्णाकोट दरबार क्षेत्रमा पुरातत्व विभागको टोलीले आइतबारदेखि उत्खनन सुरु गरेको हो ।

सोह्रौँं शताब्दीतिर मणिमुकुन्द सेनले पाल्पा राज्य सोही स्थानबाट सञ्चालन गरेको विश्वास छ ।

त्यसैको पुष्टि गर्नका लागि प्रारम्भिक रूपमा उत्खनन सुरु गरिएको पुरातत्व विभागका पुरातत्वविद् भास्कर ज्ञवालीले बताए ।