संविधानसभामा शासकीय स्वरुपका विषयमा छलफल जारी

९ असार, काठमाडौँ ।

शासकीय स्वरुपका विषयमा छलफल गर्न संविधानसभाको बैठक अहिले बसीरहेको छ । जमरी बैठकमा  सभासदहरुले शासकीय स्वरुपका विषयमा धारणा राख्ने भएका छन् । अघिल्लो संविधानसभाको बहसमा राखेका  दलिय विचारलाई सभासदहरुले दोहोर्याइरहेका छन् ।

तत्कालीन राज्यको शासकीय रुवरुप निर्धारण समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमति र असहमतिका विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ माथिको एकीकृत छलफलमा भाग लिँदै सभासद्हरुले फरक फरक भनाई राखेका हुन् । बैठकमा नेपाली काँग्रेसले संसदीय प्रणाली, नेकपा एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली, एकिकृत माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीका पक्षमा उभिएको छ ।

संविधानसभामा सभासदहरुले पनि पार्टीको धारणा अनुसार नै बोलिरहेका छन् । संविधानसभाको यसअघि ६ गतेको बैठकमा पेश भएका तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयहरुको प्रतिवेदन, २०७१ सम्बन्धी दुईवटा थप प्रतिवेदनमासिथ पनि आज छलफल हुनेछ । ।