परिचयपत्र बिनै मतदान

८ असार ।
आइतबार  हुने संविधानसभा सदस्य उपनिर्वाचनमा मतदाता परिचयपत्र नलिई उपस्थित हुनेहरुले पनि मतदान गर्न पाउने भएका छन् । परिचयपत्र नभए अन्य परिचय खुल्ने प्रमाणित कागजातको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

फोटोसहितको मतदाता नामावलीमा नाम रहेको तर मतदान गर्न परिचयपत्र नभएको अवस्थामा मतदाता नामावलीमा रहेको नाम र विवरणसँग मेलखाने कुनैपनि परिचयपत्रका आधारमा भोट हाल्न दिइनेछ ।

प्रवक्ता महेश्वरी न्यौपानेले नेपाली नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा सवारी चालक अनुमतिपत्र वा नेपाल सरकार र सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका मतदाताको परिचय खुल्ने तस्विरसहितको अन्य कागजातको आधारमा पनि मतदान गर्न दिइने जानकारी दिनुभयो । आयोगले काठमाडौं क्षेत्र नं। २, चितवन ४, बर्दिया १ र कैलाली–६ मा हुने उपनिर्वाचनमा विद्युतीय मतदानबाट गरिनेछ ।