इटली र कोष्टारिका राती पौने १० बजे भिड्ने

असार ६, काठमाडौ– विश्वकप फुटबल अन्र्तगत आजपनि ३ वटा खेल हुने भएका छन् । ब्राजिलमा जारी प्रतियोगिता अन्र्तगत आज समूह डीको इटली र कोष्टारिका राती पौने १० बजे भिड्ने भएका छन् । पहिलो खेलमा विजयी भएका दुवै टिम आजको खेलमा विजयी हुादै अन्तिम १६ भित्र पर्ने प्रयासमा हुने छन् । इटलीले इङल्याण्डलाई र कोष्टारिकाले उरुग्वेलाई पराजित गरेका थिए । प्रतियोगितामा कोष्टारिका, इटली र उरुग्वेको समान तीन अंक छ । यसैगरी राती पौने १ बजे हुने अर्को खेलमा स्वीट्जरल्याण्ड र फ्रान्स भिड्ने छन् । समूह इ मा रहेका यी दुवै टिमले पहिलो खेल जितेकाले आज विजयी हुनासाथ अन्तिम १६ मा स्थान पक्का हुने छ । सोही समूहमा रहेका इक्वेडर र होन्डुरस विहान पौने ४ बजे आमने सामने हुनेछन् । यी दुवै टिमले पहिलो खेल गुमाएकाले आज जित्नै पर्ने दवाब छ । यस्तै गएराति भएका खेलमा पराजित भएको इङल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ । उरुग्वेसाग दुई एक गोल अन्तरले पराजित भएपछि प्रि क्वाटर फाइनल नपुगि इंङल्याण्ड घर फर्किन बाध्य भएको हो । उरुग्वेकालागि लुईस सोरेजलेमात्रै व्यक्तिगत २ दुवै गोल गरेका थिए भने इंग्ल्याण्डका बायन रुनीले खेलको ७५ औ मिनेटमा सान्तोना गोल फर्काए । उरुग्वे विजयी भएसागै समूह डी बाट प्रि क्वाटर फाइनलकालागि अन्तिम खेल निर्णायक हुने भएको छ । यसैगरी कोलम्बीयाभने अन्तिम १६ मा पुगेको छ । आइभरी कोष्टलाई दुई एक गोल अन्तरले पराजित गर्दै कोलम्बीय अन्तिम १६ मा प्रबेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा कोलम्बीयाका जेम्स रोडरेजले हेड गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल भएको ६ मिनेट पछि नै कोलम्बीयाकालागि जोन क्वीनटेरोले दोस्रो गोल थपेका थिए । दुई सून्यले पछि परेको आइभरी कोष्टकालागि ७२ औ मिनेटमा ग्रिभानोभले सान्तोना गोल गरेका थिए । आज विहान भएको खेलमा जापान र ग्रिस गोल रहित बराबरी खेलेका छन् । बराबरीसागै दुवै टिमको अन्तिम १६ मा प्रबेश गर्ने सम्भावना सकिएको छ । १० खेलाडीमा सिमित ग्रिसले रक्षात्मक खेलेपछि जापानले गोल गर्न सकेन् । १० खेलाडीमा सिमिति ग्रिसले २६ प्रतिशत मात्रै बल आफ्नो नियन्त्रणमा राखेपनि जापान विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । ३७ औ मिनेटमा ग्रिसका कोनस्टिनोस कट्सासोरिन दोहोरो पहोलो कार्ड पाउादै मैदान बाहिरिएका थिए । जारी प्रतियोगितामा ३ जनाले रातो कार्ड पाएका छन् ।