गढीमाई मेला मंसिरमा

असार ६, बारा– बारामा पञ्चवर्षीय गढीमाई मेला यस वर्ष मङ्सिर १२ गते बरियारपुरमा लाग्ने भएको छ । धर्म र आस्थाका साथै मनोकामना पूरा हुने विश्वासका साथ मनाइने उक्त मेलामा दर्शन, पूजा र अर्चना गरिनाका साथै आफ्नो मनोकामना पूरा गर्न बलि दिने प्रचलन रहेको छ । देवीको पूजाअर्चना गरी पञ्चबलिसमेत दिइसकेपछि नेपाल र भारतका लाखौां भक्तजनबाट ल्याइएको राागालगायत पशुको बलि दिने गरिन्छ । गढीमाईको स्थानदेखि करिब १ सय मिटर पूर्व रहेको बह्रम स्थानमा विधिपूर्वक बलि दिइन्छ । भारतका काशी नरेश भनिने डोम राजाबाट पठाइएको पशु पनि बलि दिइन्छ । गढीमाईमा एसियाकै सबभन्दा बढी बलि दिइने भनाइ रहेको छ ।