असार ४, काठमाडौ – विश्वकप फुटबलमा दक्षिण कोरिया र रसिया एक एक गोलको बराबरीमा रोकिदा , ब्राजिल र मेक्सिको पनि अंक बाड्न बाध्य भएका छन् । आज विहान सकिएको खेलमा एसियाली राष्ट दक्षिण कोरियाले रसियासाग एक एक गोलको बरारबरी खेलेको हो । पहिलो हाफ गोल रहित सकिएको खेलमा कोरियाले दोस्रो हाफको ६८ औ मिनेटमा गोल गरेको थियो । कोरियाकालागि हान कुुक योङको पासमा ली क्यून होले गोल गर्दै अग्रता दिलाएका थिए । तर ७३ औ मिनेटमा एलिक्जेन्डर क्रिरजाकोभले नजिकैबाट गोल गर्दै बराराबरीमा पुराएका थिए । त्यसपछि कुनै गोल भएन र दुवै टिमले एक एक अंक बाड्न बाध्य भए । यस्तै समूह ए का ब्राजिल र मेक्सिको गोल रहित बराबरीमा रोकिएका छन् । पहिलो खेल जितेका दुवै टिम दोस्रो खेलमा पनि जित निकाल्दै प्रि क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्थे । निकै प्रतिष्प्रधात्मक खेलमा ब्राजिले ५३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो भने ४७ प्रतिशत बल नियन्त्रण मेक्सिकोमा थियो । ब्राजिलले ६ पटक पोष्टमा प्रहार गरेपनि मेक्सिकोले २ पटक मात्रै प्रहार गरेको थियो । गएराति भएको पहिलो खेलमा बेल्जियमले अल्जेरियालाई दुई एक गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको डार्क हर्सका रुपमा हेरिएको बेल्जियमका लागि मार्टेन्ससले ८० औ मिनेटमा निर्णायक गोल गरेका थिए । २४ औ मिनेटमा अल्जेरियाले पेनाल्टी मार्फत अग्रता लिएको थियो । बेल्जीयमका जान भेरटोङ्गेनले फल गरेपछि पहिलो कार्ड पाएका थिए । त्यसपछि पेनाल्टी पाएको अल्जेरियाले गोलमा परिणत गरेको थियो । सोफियन फिगहाउलीले गोल गरेका हुन् । ६९ औ मिनेट सम्म एक गोलले पछि परेको बेल्जियमले ७० औ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । केभिन डि बेरुनीले दिएको पासलाई मारोनी फिलिनले हेड मार्फत जाली चुमाउदै बराबरी गोल गरेका थिए । त्यसपछि आक्रामक खेल पस्किएको बेल्जीयमले ८० औ मिनेटमा गोल थप्न सफल भयो । उसकालागि डेरिस मार्टेन्ससले निर्णायक गोल गर्दै स्पष्ट तीन अंक दिलाए । आज राति पौने १० बजे नेदरल्याण्ड्स र अष्टेलिया, पौने १ बजे स्पेन र चीलि तथा विहान पौने ४ बजे क्यामरुन र क्रोएसिया भिड्ने छन् । एजेन्सी
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक