राती पौने १ बजे ब्राजिल र मेक्सिको भिड्ने

असार ३, काठमाडौ– विश्वकप फुटबल अन्र्तगत भएका खेलमा जर्मनी र अमेरिका विजयी हुदा, इरान र नाइजेरिया गोल रहित बराबरीमा रोकिएका छन् । समूह जी को पहिलो खेलमा जर्मनीले पोर्चुगललाई ४–० गोलले पराजित गरेको हो । जर्मनीका थोमस मुलरले ह्याट्रिक गरेका छन् । १० खेलाडीमा सिमित पोर्चुगलले उत्कृष्ट प्रदर्शन गर्न सकेन् । सुरुबाटै आक्रामक खेलेको जर्मनीले १२ औ मिनेटमा अग्रता लिएको थियो । जर्मनीकालागि थोमस मुलरले पेनाल्टी मार्फत अग्रता दिलाएका हुन् । जर्मनीका गोटेजलाई जाओ परेराले डि बक्सभित्र लडाएपछि पेनाल्टी पाएको थियो । लगातार आक्रामक मूभ बनाएको जर्मनीले ३२ औ मिनेटमा मोहमद् हम्लेले दोस्रो गोल गरेका थिए । गोटेजले दिएको कर्नर पासलाई हम्लेले हेड मार्फत जाली चुमाएका हुन् । ३७ औा मिनेटमा मुलरलाई पोर्चुगलका पेपेले आक्रमण गरेपछि रेडकार्ड पाउादै मैदजान बाहिरिएपछि १० खेलाडीमा सिमित हुन पुग्यो । मुलरले बल अगाडि बढाउने क्रममा लडेपछि पेपेले पुन: गएर टाउको प्रहार गरेका थिए । १० खेलाडीमा सिमित भएको पोर्चुगल दबाबमा परेको फाइदा उठाउदै मुलरले पहिलो हाफको अन्तिम समयमा व्यक्तिगत दोस्रो गोल गरे । ६० औ मिनेटमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले प्रहार गरेको फ्रिकिक बाहिरिएपछि निराश देखिएका थिए । ७८ औ मिनेटमा मुलरले ह्याट्रिक पुरा गरेका थिए । पोर्चुगलका किपरले किलियर गर्न नसकेको बललाई नजिकैबाट गोल गरेका हुन् । ह्याट्रिक गरेको मुलर जारी विश्वकपमा सवैभन्दा बढि गोल गर्ने खेलाडी भएका छन् । यस्तै गएराति भएको अर्को खेलमा अमेरिकाले घानालाई दुइ एक गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको २९ औ सेकेन्डमा अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । अमेरिकाका दाहीने बार च्याप्दै जेरमेन जोन्सले गोल गरेका हुन् । घानाले दोस्रो हाफको ८१ औ मिनेटमा बराबरी गोल गरेको थियो । घानाकालागि एन्ड्े अवेले बरारबरी गोल गरेका हुन् । तर ८५ औ मिनेटमा अमेरिकाले एक गोल थपेपछि जित निश्चित भएको हो । अमेरिकाको जितमा निर्णायक गोल एन्थोनी ब्रोकले गोल गरेका थिए । यस्तै इरान र नाइजेरिया भने गोल रहित बराबरीमा रोकिएका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले आकर्षक मूभहरु बनाएपनि गोल गर्न चुकेका थिए । प्रतियोगितामा ७० प्रतिशत बल नाइजेरियाले आफ्नो पक्षमा राखेको थियो । इरानले ९ पटक पोष्टमा प्रहार गर्दा नाइजेरियाले १० पटक प्रहार गरेको थियो । यसैबीच प्रतियोगिता अन्र्तगत आज हुने पहिलो खेलमा अल्जेरिया र बेल्जीयम भिड्ने छन् । पौने १० बजे हुने खेलमा बेल्जियम १२ बर्ष पछि विश्वकपमा फर्किएको छ । यस्तै राती पौने १ बजे ब्राजिल र मेक्सिको भिड्ने छन् । पहिलो खेल जितेका ब्राजिल र मेक्सिको आजको खेलमा विजयी भए प्रि क्वाटर फाइनल प्रबेशको बाटो सहज बनाउने छन् । यस्तै विहान पौने ४ बजे दक्षिण कोरिया र रशिया भिड्ने छन् । एजेन्सी