एमालेले चुनावका लागि केन्द्रिय नेता परिचालन गर्ने

जेठ २०, काठमाडौ–आगामी असार आठ गते हुनगइरहेको संबिधानसभाको उप निर्वाचनमा आफ्ना उम्मद्वारलाई जिताउन नेकपा एमालेले  चारवटै निर्वाचन क्षेत्रमा केन्द्रिय नेताहरुको टोली परिचालन गर्ने भएको छ ।
आज वसेको एमाले केन्द्रिय कमिटी बैठकले उपनिर्वाचन हुने चारवटै क्षेत्र काठमाडौ–२ मा सचिव शंकर पोखरेल, चितवन–४ मा काशीनाथ अधिकारी, बदिर्या–१ मा युवराज ज्ञवाली र कैलाली–६ मा भानुभक्त जोशीलाई संयोजक तोकेको छ ।