विद्युत प्राधकिरणद्धारा लोडसेडिङको समय घटाउने तयारी

जेठ १७, काठकाडौ –वर्षका कारण नदी र जलाशयमा पानीको मात्र बढेसागै विद्युत प्राधकिरणले लोडसेडिङको समय घटाएर नयाा तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
केहीदिनयता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ कम गरेको छ । प्राधिकरणले दैनिक २ घण्टा लोडसेडिङ कम गर्ने जनाएको छ ।
नया आउने कार्यतालिका अनुसार अब हप्तामा ५६ घण्टा मात्रै बिजुली जान्छ । गत वैशाख ३१ गते साताको १४ घण्टा लोडसेडिङ कम गरेर ७० घण्टामा झारेको थियो । उक्त समयमा हप्ताको १ दिन १२ घण्टा, २ दिन १० घण्टा र ३ दिन ९ घण्टा विद्युत कटौती गर्दै आएको थियो ।