एमाओवादीमा पदाधिकारी लागि आइतबार चुनाव हुने

जेठ १०, काठमाडौ– एमाओवादीमा पदाधिकारी तथा पोलिट्व्युरो सदस्यहरु छनौटका लागि आइतबार चुनाव हुने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले चुनावको कार्यविधि तयार गरेको हो। यस अघि शनिबार बिहान बसेको केन्द्रीय कार्यालय बैठकले चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति समेत छनौट गरेको थियो । एकीकृत माओवादीमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्यूरो चयनका लागि चुनावी विधि अपनाउन लागिएको हो । चुनावमा केन्द्रीय सदस्यहरुले भाग लिने छन् । पदाधिकारीका लागि हुन लागेको चुनावमा नेता बाबुराम भट्टराई समूह भने भाग नलिने मनस्थीतिमा रहेको छ । एमाओवादीले अध्यक्षसहित दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहेको पदाधिकारी चयन नेतृत्वबाट गर्ने तयारी गरेको छ ।