जेठ १०, एजेन्सी–आईपिएल क्रिकेटमा आज पनि दुई वटा खेल हुदैछ । अपरान्ह सवा ४ बजेपछि हुने पहिलो खेलमा १६ अंकसहित दोश्रो स्थानमा रहेको चेन्नेई सुपर किंग्स र १० अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लौरबीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा जित हात पार्दै चेन्नेई प्ले अफमा सुरक्षित रहन खोज्ने छ भने प्ले अफको सम्भावना समाप्त भईसकेको वैंग्लौर उसलाई रोक्ने प्रयासमा हुनेछ । त्यस्तै वेलुका सवा आठ वजेपछि हुने दोश्रो खेलमा तेश्रो स्थानमा रहेको कोलकत्ता नाईट राईडर्स र छैठौ स्थानमा रहेको सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । कोलकत्ताले खेल जिते प्लेमा पुग्ने छ भने हैदरावादले जिते वाकी आफ्नो र अरुको खेल भर पर्नु पर्ने हुन्छ । यसअघि गएराती भएको खेलमा किग्स इलेभेन पञ्जावले राजस्थान रोयल्सलाई १६ रनले पराजीत गरेको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी