आइपिएल क्रिकेटमा किंग्स इलेभेन पञ्जाब र मुम्वई इन्डियन्सबिच प्रतिस्पर्धा हुने

जेठ ७, एजेन्सी–इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज तालिकाको पहिलो स्थानमा रहेको किंग्स इलेभेन पञ्जाब र मुम्वई इन्डियन्सबिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा ११ खेलबाट १८ अंक जोडेको पञ्जाब आजको खेलमा विजयी हुदै चेन्नईसंगको दुरी ४ अंक बढाउन खोज्दा समान खेल नै खेलेको मुम्वई पाचौ जितको खोजीमा हुनेछ । खेल नेपाली समय अनुसार राती सवा ८ बजेपछि सुरुहुने छ । गएराती भएको खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गदै कोलकत्ता नाइट राइर्डसले राजस्थानसंगै समान १४ अंक वनाएपनि नेटरनरेटका आधरमा चौथो स्थानमा यथावत रहेको छ । चेन्नईले पेश गरेको १ सय ५५ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा २ विकेट पुरा गरेपछि कोलकत्ता ८ विकेटले विजयी भएको हो ।