अबैध काठसहित पाचजना पक्राउ

जेठ १, नवलपरासी– नवलपरासीको तम्सरीया ५ मा अबैध काठसहित पााचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ सय ३ क्युफिट अबैध काठसहित लु २ त ३७१० नम्बरको ट्याक्टरमा लैजाादै गरेको अवस्थामा प्रहरीले तम्सरियाको जगंल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तम्सारिया ८ बस्ने दिपक कुमाल, सोही ठाउा निवासी महादेव कुमाल, दिलु कुमाल र कमलराज कुमाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको काठ र पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन
कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।