भ्रष्टाचार नियन्त्रण गर्न प्रमको कर्मचारीलाई आग्रह

वैशाख २८, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारले मुलुकलाई कमजोर पारेको भन्दै त्यसलाई रोक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
नेपाल निजामति कर्मचारी युनियनको छैटाौ केन्द्रीय महाधिवेशनको आज चितवनको रत्ननगरमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले भ्रष्टाचारले मुलुकलाई वर्वाद पारिसकेकाले त्यसलाई रोक्न आग्रह गर्नुभएको हो । भ्रष्टाचार मुक्त देश बनाउन सके मात्र जनताले परिवर्तनको आभास पाउने प्रधानमन्त्री कोइरालाको विश्वास थियो । स्थानीय निकायको निर्वाचन हुन नसक्दा अरवौ रुपैया वालुवामा पानी भएको भन्दै यथासक्य छिटो निर्वाचन गरेर जनताको जीवन स्तरमा विकासको अनुभूति दिलाउनु सरकारको दायित्व रहेको उहााले बताउनु भयो । संयुक्त सरकार भएकाले जनताले अपेक्षा गरे अनुसारको काम हुन नसके पनि महत्वपूर्ण कामहरु भएको भन्दै प्रधानमन्त्री कोईरालाले आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई बुझाउन नसकेकोमा द:ुख व्यक्त गर्नु भयो । देशमा भएका ठूला ठूला परिवर्तनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उहााले आभार प्रकट गर्नुभयो । कार्यक्रममा नेपाली कााग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले एक वर्ष भित्र संविधान बनाउन आफुहरु प्रतिवद्ध रहेको बताउनु भयो । उहााले एक वर्ष भित्रमा संविधान वन्ने भन्दै त्यसका लागि कर्मचारीहरुको सहयोग चाहिने बताउनुभयो ।