वैशाख २८, नवलपरासी–नवलपरासीको त्रिवेणीमा रहेको त्रिवेणी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा स्थानीयले शनिवार तालाबन्दी गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले एकतर्फी प्रणाली लागू गरेको, नारायणी नदीबाट अवैध रुपमा गिटी बालुवा निकासी गरेर रोयल्टी हिनामिना गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । स्थानीय बासिन्दाको भेलाले अक्कलबहादुर थापाको नेतृत्वमा १३ सदस्यीय संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका हुन् । निकुञ्जले संरक्षण, उपभोगको नाममा सार्वजनिक एवम् प्राकृतिक सम्पदा दोहन गरेको, निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई निष्कृय पारिएको आरोप स्थानीयले लगाएका छन् । उनीहरुले आफ्नो माग पुरा नभएसम्म तालाबन्दी गर्ने संघर्ष समितिका प्रवक्ता प्रितम गुरुङले बताउनुभयो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी