माओबादी सहमति बाटै अगाडी बढ्ने– चन्द

वैशाख २८, अर्घाखाचीे– नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द (बिप्लप)ले नेकपा माओबादी सहमति बाटै अगाडी बढ्न चाहेको बताउनु भएको छ ।
तर सहमतिको साटो कसैले पेलेर जान खोज्छ भने आफ्नो पार्टीले जनविद्रोह गर्ने सक्ने चेतावनी पनि दिनुभएको छ । ‘हामीले गोलमेच सम्मेलबाट अगाडी बढौ भनेको छौ, हाम्रो मागको सुनवाई होस, होईन यिनिहरुलाई पेलेर पनि जान सकिन्छ भन्ने काग्रेस, एमालेलाई लागेको छ भने ‘हामी पनि तिनिहरुलाई दिउसोमा बाटोघाटौ मै हिड्न नसक्ने गरि आन्दोलन चर्काएर जान्छौ चन्दले भने । ‘ हामी आफैले बन्दुक र सेना बनाउने पक्षमा अहिले छ्रैनौ, उनले भने हामीलाई बाइपास गर्ने, जनताका अधिकार सम्पन्न गराउन नदिने षडयन्त्र भए आफुहरुले जस्तो सुकै बलिदान गर्न तयार रहेको चेतावनी दिए । नेकपा –माओवादी अर्घाखॉचीको द्रोस्रो जिल्ला सम्मेलनलाई शनिवार सन्धिर्खकमा सम्बोधन गदै चन्दले गोलमेच सम्मेलन बाहेक अन्य कुनै विकल्प भए त्यसमा पनि छलफल गरेर आफु अगाडी बढ्न तयार रहेको वताए । तर माओवादी शक्तिलाई बाहिर राखेर जान खोज परिणाम गम्भिर हुने बताए । रोल्पा देखी दिल्ली सम्म भएका सझौता अक्षरस लागु गर्न मुख्य रुपमा काग्रेस बाधक रहेको जिकिर गरे । एमाओवादीको विराटनगरको सम्मेलनले आफना गल्ति स्वीकार गरि दस्तावेज ल्याउनु सकारात्मक रहेको भन्दै साञ्चै व्यवहारमा कार्यन्वयन गर्ने र आफुहरुले अगाडी सारेका ६ बुदे प्रस्ताव स्वाकार गरे पार्टी एकता पनि सम्भव भएको चन्दको भनाई थियो । आफुहरु सबै कम्युनिष्ट एकताको पक्षमा रहेको भन्दै त्यसमा पनि माओवाद विचार मान्ने संग एकता गर्न कुनै समस्या नरहेको बताए ।