संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक

वैशाख २६, काठमाडौ–संविधानसभाको संविधान अभिलेखन अध्ययन तथा निक्र्यौल समितिको बैठक आज पनि बस्दैछ । राज्यको पुन:संरचना र राज्यशक्तिको बााडफााड समितिको प्रतिवेदनमा रहेका संविधानका प्रारम्भिक मस्यौदामा अघिल्लो संविधानसभामा भएको सहमति र असहमतिका विषयमा छलफल गर्न विहान ११ वजे पछि वैठक संविधानसभा सचिवालय सिंहदरबारमा बस्ने भएको वताइएको छ ।
हिजो बसेको समितको बैठकले प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बााडफााड समिति र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदन अध्ययन उपसमितिले पेस गरेका प्रतिवेदनहरूमा अघिल्लो संविधानसभाबाट भएको सहमति र असहमतिका विषयको निक्र्यौलको प्रतिवेदनमाथि छलफल गरी सहमति र असहमतिका प्रतिवेदन संविधानसभामा पेस गर्ने निर्णय गरेको थियो ।