न्याय पाउन मन्त्रालय धाउदैछन् कमलरी

वैशाख १५,काठमाडौं–राजधानीलगायत देशका विभिन्न ठाउामा कमलरी राखिएको भन्दै पूर्व कमलरीले हाल कमलरी बसिरहेकाहरुको मुक्तिको प्रयास गरिरहेका छन् । तर कानुनको वकालत गर्ने कानुन व्यवसायी, सेना, डाक्टर, शिक्षक, नेता, व्यापारी, पत्रकार, ड्राइभरदेखि विदेशीले समेत कमलरी राखेका छन् । जसले गर्दा सरकारले कमलरीमुक्तको घोषणा गरे पनि कमलरी प्रथा अन्त्य हुन सकेको छैन ।
सरकारले २०७० असार १३ मा कमलरीमुक्त देश घोषणा गरे पनि पश्चिम तराईका ५ जिल्लाका कमलरीको अवस्था उस्तै छ । अझै पनि पनि ३ सय ५४ जना युवती र बालिकाहरु जमिनदार, वकिल, राजनीतिक दल र समाजका ठूला भनिएकाहरूको घरमा कमलरी बस्न बाध्य छन् ।
मुक्त कमलरी विकास मञ्चले गरेको अध्ययनअनुसार उपत्यकाका तीन जिल्लामा ९८ जना कमलरी थिए । त्यसमध्ये अझै ५८ जना कमलरी बस्न बाध्य छन् । कमलरी प्रथा भएका जिल्लाहरूले २०६८ सालमा नै बााके, वर्दिया, दा , कैलाली र कञ्चनपुर जिल्लालाई कमलरीमुक्त जिल्लाको रूपमा घोषणा गरे पनि अझै ति जिल्लाका ३ सय ५४ जनाले कमलरीको रूपमा जीवन बिताइरहेका छन् । सबैभन्दा बढि बर्दियाका १ सय १९ जना अझै कमलरी बस्न बाध्य भएको मुक्त कमलरी मञ्चकी अध्यक्ष विमला चौधरी बताइन् ।
अहिले पनि ५ वर्षीया बालिकादेखि २४ वर्षसम्मका युवतीले साहुको घरमा कमलरी बसेका छन् । उपत्यकामा मात्र पनि अहिले ५ देखि १५ वर्षका १८ जना कमलरीहरू साहुको घरमा बसिरहेका छन् । उपत्यकामा हाल ५८ जना कमलरी छन् । उनीहरुलाई मुक्त गर्न आइतवार महिला तथा बालबालिका मन्त्री निलम केसीसाग ज्ञापन पत्र बुझाएका छन् ।
१४ चैत २०६९ मा कमलरी बसेकी दाङकी सिर्जना चौधरीको हत्या भएपछि मुक्त कमलरीहरूले बालिका बचाऊ अभियान नै सञ्चालन गरेका थिए । एक महिनाभन्दा लामो आन्दोलनबाट गत असार १३ गते  सरकारले कमलरीमुक्त घोषणा गरेको थियो । सो घोषणासागै सरकारले १० बुादे सम्झौतासमेत गरेको थियो । तर सरकारले सिर्जना चौधरीको परिवारलाई पााच लाख र कैलाली चौमाला–८, दैदवाडीकी मेघी चौधरीका परिवारलाई डेढ लाख रुपैयाा दिनुबाहेक सरकारले अरू सहमति कार्यान्वयन गरेको छैन । यसमा मुक्त कमलरी रूष्ट बनेका छन् । मुक्त कमलरी अभियानका अभियान्ता एवं कानुनी सल्लाहकार फकला चौधरी भन्छन्, ‘सरकारले कमलरीलाई पूरै बेवास्ता गर्‍यो ।’
कमलरी राखेर श्रम शोषण गर्ने, यौन शोषण गर्ने र यातना दिनेविरूद्ध हालसम्म १ सय ३९ ओटा मुद्दा परे पनि हालसम्म ७ जना बलात्कारको मुद्दामा परेका बाहेक कसैलाई कानुनी कारबाही भएको छैन । हालसम्म ५ जनाको कमलरी बसेकै अवस्थामा जलेर र झुण्डिएर रहस्यमय तरिकाले मृत्यु भएको छ भने १४ जना बालिका र युवती बलात्कृत भएका छन् । त्यसैगरी २३ जना विवाह नै नगरी कुमारी आमा बनेका छन् भने २६ जनाको अवस्था अज्ञात छ ।
विशेष गरेर कर्मचारीदेखि डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, पत्रकार, व्यापारीदेखि ड्राइभरसम्मले कमलरी राखेका छन् । दाङ, बााके, बर्दिया, कैलाली र कञ्चनपुरका तीन सय ५४ कमलरीमध्ये राजधानीका ठूला घरानामा समेत  कमलरी राखिएका छन् ।
सरकारले कमलरीमुक्त गरे पनि कमलरी राख्न नछाडिएपछि कमलरीको मुक्तिका लागि संघर्ष गर्दै आइरहेका संघ संस्थाले प्रहरी, केन्द्रीय बालकल्याण समिति मिलेर छापा पनि मार्ने थालेको छ । छापा मारेर उद्धार गरिने कमलरीलाई सेल्टरमा राखेर पुन:स्थापना गरिने, पढ्न चाहनेलाई पढ्ने व्यवस्था मिलाइने र सीप सिक्न चाहनेलाई सीप सिकाएर दक्ष बनाइने योजना रहेको मञ्चकी अध्यक्ष चौधरी बताउाछिन् । विभिन्न जिल्लाबाट राजधानी ल्याएर कमलरी राख्ने क्रम नरोकिएपछि मुक्त कमलरी आफौ कमलरीको उद्धारका लागि आफौ तातिएका छन् । उनीहरू आफूले जस्तै अरुले कमलरी बस्नु नपरोस् भनेर कमलरी मुक्तिका लागि जुर्मुराएका हुन् । गोपाल बराइली