संविधानसभाका समिति सभापति चयनका लागि उम्मेदवारी मनोनयन आज

वैशाख ११, काठमाडौ–संविधानसभाका विभिन्न पााचवटा विषयगत समितिको सभापति चयनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।
विहान १० बजेदेखि बेलुका पााचबजेसम्म सभापतिको लागि मनोनयन दर्ता गर्न सकिने संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
प्रमुख तीन दलका शीर्ष नेताहरुबीच समिति सभापतिका लागि आन्तरिक सहमति कायम भइसकेको भएपनि कसलाई पठाउने भन्ने विषयमा भने पार्टीभित्र आन्तरिक तयारी भइरहेको छ ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा एमाओवादी, मस्यौदा समितिको सभापतिमा कांग्रेस र निक्र्यौल समितिको सभापति एमालेलाई दिने सहमति भएको छ । दुई प्रक्रियागत समितिको सभापति मधेसवादी दल र साना दलका नेताहरुलाई दिने तयारी भएको छ । राप्रपा नेपालले भने सहमति कायम नभए सबै समितिको नेतृत्वमा दाबी गर्ने बताएको छ ।