एमाओवादीका पुराना सबै रणनीति फेल खाए–नेता श्रेष्ठ

वैशाख १०, काठमाडौ–एकिकृत नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले ठूलो नेता बन्ने घमण्डले संविधानसभामा पार्टर्ी खुम्चिएको बताउनुभएको छ । एमाओवादी ललितपुरको आठौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहााले ठूलो नेता बन्ने घमण्डले जनइच्छाअनुसार काम नगदा पार्टी खुम्चिन पुगेको बताउनुभयो । उहााले ठूला नेता भाषण गरेर मात्र नहुने भन्दै जनताबाट अनुमोदन गरेर पार्टर्ीको नेतृत्व चयन गर्ने जानकारी दिनुभयो । श्रेष्ठले एमाओवादीका पुराना सबै रणनीति फेल खाएको टिप्पणी गर्नुभयो । शान्ति प्रक्रियामा आएपछिका सबै रणनीति बेकार भएका छन् । श्रेष्ठले पार्टर्ीका नीति तथा कार्यक्रमबारे समीक्षा गर्ने अवस्था आएको बताउनुभयो । उहााले समयानुकुल पार्टीलाई परिवर्तन नगरे सिद्धिने अवस्था आउने बताउनुभयो ।