दाहाल संसदीय दलको नेता चयन

वैसाख ३, काठमाडौ–एकीकृत नेकपा माओवादी संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन् । एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो । यसैगरी बैठकले संसदीय दलको प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ ।
बैठकले द्वन्द्वकालीन मुद्दालाई सरकारले ब्युाझाउने काम गरेकामा आपत्ति जनाउादै यसका विरुद्धमा देशभर विरोधका कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको बैठकपछि पार्टी नेता टोपबहादुर रायमाझीले जानकारी दिए ।
नेता रायमाझीले शान्ति प्रक्रियालाई भााड्ने नियतले सरकारले सदनमा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक पेस गरेको आरोप लगाउादै यसलाई नसच्याएमा सदन अवरुद्ध गर्ने निर्णयसमेत भएको जानकारी दिए ।