न्यायाधीश नियुक्ती एक हप्ता भित्र

३० चैत, काठमाडौ– प्रधानन्यायाधीश दामोदर शर्माले एक हप्ताभित्रै सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्ती गर्ने बताउनुभएको छ । पदभार ग्रहण गर्दै शर्माले रिक्त न्यायाधीश एक हप्ताभित्र पूर्ती गर्ने बताउनुभएको हो । सर्वोच्च अदालतको रणनीतिक योजनाअनुसार पुराना मुद्दा फरर्छै्ट गर्ने लक्ष्य रहेको जानकारी दिदै प्रधानन्यायाधीश शर्माले न्यायापालिकाभित्रका विकृतिलाई अन्त्य गर्दै जनविश्वास विस्तार गर्ने बताउनुभयो । संसदीय सुनुवाइ विशेष समितिबाट शर्माको नाम प्रधानन्यायाधिसमा अनुमोदन भएकै दिन पााच अस्थायी न्यायाधीशको पदावधि सकिएको थियो । सर्वोच्च अदालतमा अहिले पााचजना मात्र स्थायी न्यायाधीश रहेका छन । करिव १७ हजार मुद्दा रहेको सर्वोच्चमा १५ जना स्थायी र १० जना अस्थायी न्यायाधीश नियुक्त हुने व्यवस्था छ ।