नेता जोशीलाई उपचार गर्न आर्थिक अभाव

चैत्र २८, काठमाडौं – भारतको नयाा दिल्लीमा रहेको मेदान्त अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उपचारका लागि आर्थिक अभाव भएको छ ।
उपचारका लागि आर्थिक अभाव भएको भन्दै जोशीका परिवारले जोशीको जीवन रक्षार्थ कांग्रेसप्रति निष्ठावान् व्यक्तित्व तथा सम्पूर्ण शुभेच्छुक समक्ष आर्थिक सहयोगका लागि अपील गरेको छ । जोशीका परिवारले जोशीकै सामाजिक सञ्जाल फेसवुकमार्फत् उपचारका लागि आफ्नो आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगको याचना गरेका हुन् । उपचार अभावमा जोशी नेपाल फर्कन चाहे पनि परिवार र शुभचिन्तकहरूको अनुरोधमा उपचार प्रक्रिया अगाडि बढाइएको सार्वजनिक अपीलमा उल्लेख छ ।
नेपाल वा जहाासुकैबाट बैंकमार्फत गोविन्दराज जोशीकै नाममा रहेको नेपाल एसबीआई बैंक, महाराजगञ्ज, काठमाडौंको खाता नं–२०४१५२४१४०३२६३ मा सहयोग गर्न सकिने अपिलमा उल्लिखित छ ।
जोशीलाई डिसेमिनेटेड हिसटोप्लाजममोन्सिस रोग पत्ता लागे पनि अन्य समस्याले मुख्य रोग उपचार गर्न अझ लामो समय लाग्ने उपचारमा खटिएका डाक्टरहरूले बताएका छन् । जोशी बिरामी भएपछि अचेत अवस्थामै यही चैत १२ गते उपचारका लागि भारत लगिएकामा उनको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।